ठूला माछाको फाइल खोलिसके, जमिन हडप्नेलाई छोडिन्न : आयुक्त प्रेमकुमार राई


ओकेजनता डेस्क
२८ माघ २०७७, बुधबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक जमिन अतिक्रमण गर्ने जो कोही व्यक्ति कानूनको दायरामा आउने बताएका छन् ।

नेपालमा सार्वजनिक जग्गा अतिक्रमण चिन्ताको विषय भएकोले ठूला माछाबाटै अनुसन्धान थालिने राईले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवसको अवसरमा बोल्दै प्रमुख आयुक्त राईले सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोल्सा खोल्सी हडप्ने र महत्वपूर्ण निकायका जग्गामा आँखा लगाउनेलाई नछोडिने बताए ।

मानव जीवनको महत्वपूर्ण पाटो औषधीजन्य वस्तुहरुमा भएको भ्रष्ट्राचारमा कोही व्यक्ति दोषी पाइएमा नछोडिने राईको भनाइ छ । अख्तियारले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्