अटोमोबाइल्स कम्पनीहरुको अफरै अफर !


ओकेजनता डेस्क
६ आश्विन २०७७, मंगलवार


काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकिदै जाँदा अटोमोबाइल्स कम्पनीहरुले विभिन्न अफरहरु ल्याउन सुरु गरेका छन् । कम्पनीहरुले सहज दिनहरुमा दशैँ तिहारका अवसरमा विभिन्न मेला तथा अफरहरु ल्याउने गर्थे । तर यस वर्ष भने कोरोना महामारीका कारण सरकारले त्यसको नियनत्रण तथा रोकथामका लागि गरेको बन्दाबन्दीका कारण व्यपारिक मेलाहरु रोकिए ।


सरकारले लकडाउन खुकुलो बनाएपछि अटोमोबाइल कम्पनीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेका थिए। त्यस ताका सहज दिनभन्दा पनि राम्रो व्यापार भएको व्यवसायीहरुले बताएका थिए ।


उपत्यकामा कोरोना महामारी बढ्दै गएपछि सरकारले रोकथाम तथा नियन्त्रणका लागि पुनःनिषेधाज्ञा जारी ग¥यो। निषेधाज्ञा जारीसँगै व्यापार व्यवसाय ठप्प नै भए । कोरोना महामारीले अटोमोबाइल्सको ‘कुम्भ मेला’ भनिने नाडा अटो शो पनि रोकियो। उक्त अटो शोमा नयाँ दुई पाङ्ग्रे, चार पाङ्गे्र, नयाँ मेसिन लगायतका विभिन्न अफरसहित सार्वजनिक गरिन्थ्यो ।


मेलाहरु रोकिए पनि बजार खुलेसँगै अटोमोबाइल विभिन्न कम्पनीले दशैँतिहार अफर ल्याएका छन् ।


सुजुकी
सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोवाईल्स प्रालिले ‘चाडपर्व सबैको, हौसला हाम्रो’ अफर ल्याएको छ । आफ्ना ग्राहकहरुलाई लक्षित गरी दसै–तिहार तथा छठ पर्वसम्ममा बाइक तथा स्कुटर खरिदमा १२ हजार नगद छुट दिने भएको छ ।

यससँगै एक वर्षका लागि ‘रोड ट्याक्स फ्रि, एक्सजेन्ज अफर, फाइनान्स अफर, फ्रि टेस्ट ड्राइभ र पाँच वर्षको वारेन्टि सुविधा उपलब्ध पनि रहेका छन् । कोरोना महामारीसँग सुरक्षित रहर्दै चाडपर्व मनाउन तथा कम्पनीले दसैतिहारमा ल्याएका अफरहरुको फाइदा उठाउन आफ्ना ग्राहकहरुलाई जानकारी दिएको छ ।

बजाज
बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले ‘खुशी खोज्ने होइन रोज्ने’ योजना सार्वजनिक गरेको हो । उक्त योजनामा ग्राहकले बजाजका कुनै पनि मोडलका मोटरसाइकल खरिद गर्दा ‘फुल पेमेन्ट’ गरेमा १० हजार छुट पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ५० प्रतिशत डाउनपेमेन्ट गरेमा शुन्य प्रतिशत ब्याज तथा २० प्रतिशत डाउनपेमेन्टमा पनि मोटरसाइकल खरिद गर्न सकिनेछ ।

हिरो
नेपालको हिरो मोटरसाइकल तथा स्कुटरको नेपालको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले ‘दशैंको पर्व हिरोत्सवको हर्ष’ योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुले ५ हजार पक्का छुट पाउने कम्पनीले जनाएको छ । यस्तै कम्पनीले लक्की ड्रमार्फत १ जनाले एक लाख नगद पाउने छन् भने स्क्र्याच कार्डमार्फत १ लाखसम्म क्यास पाउने जानकारी दिएको छ ।

टिभीएस
यसैगरी टिभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले ‘टिभिएस दशैंको आशा’ अफर ल्याएको छ । उक्त अफरमो मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरूले नौ हजारसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार शून्य प्रतिशत ब्याजदरसहित किने पनि नकिनेपनि बम्पर मूल्य आरआर ३१० योजना सार्वजनिक गरेको छ ।

होण्डा
तर होन्डाको नेपालको लागि आधिकारिक विक्रेता स्याकर ट्रेडिङले चाडपर्वका लागि हालसम्म कुनै अफर सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्