दाहाल–नेपालको विरोधसभामा कैलालीदेखि झापाका १७ वक्ता को–को हुन् ?


ओकेजनता डेस्क
२८ माघ २०७७, बुधबार

काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षको काठमाडौंको भृकुटीमण्डपमा हुने विरोधसभाका वक्ताहरु तय भएका छन् । कार्यक्रमस्थलमा १७ जना वक्ताले आफ्नो धारणा राख्नेछन् । हरेक क्षेत्रबाट वक्तालाई छनोट गर्दै राष्ट्रिय स्वरुप दिएको दाहाल–नेपाल पक्षले जनाएको छ ।

आजको विरोध सभामा बोल्ने वक्तामा अञ्जना विशंखे, अमृता थापा, भानुभक्त जोशी, महफुज अन्सारी, रामकुमारी झाँक्री, रामचन्द्र झा, सन्तकुमार चौधरी, जनार्दन शर्मा, देव गरुङ, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् ।

कार्यक्रमको अध्यक्षता हितबहादुर तामाङले गर्नेछन् । स्वागत मन्तव्य जीवनराम श्रेष्ठको रहने कार्यक्रमको सञ्चालन लीलामणि पोखरेलले गर्नेछन् ।

अहिले पार्टीभित्रका ठूला नेताहरु भन्दा पनि हरेक क्षेत्रको प्रतिनिधित्व गरेर मन्तव्यको तालिका तय गरिएको छ । विरोध सभामा दुईलाख बढीको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्