नेकपा विरोधसभा : वक्ताको लिस्टमा किन अटाएनन् भीम रावल ?


ओकेजनता डेस्क
२८ माघ २०७७, बुधबार

काठमाडौं । आज नेकपा (दाहाल–नेपाल पक्ष)को काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल–नेपाल पक्षले आफ्ना विरोध कार्यक्रम गरिरहेको छ ।

विरोध कार्यक्रममा बोल्ने वक्ताहरुको लिस्ट समेत तयार भइरहेको छ । आज स्टेजमा १७ जना वक्ताले विभिन्न जिम्मेवारी निभाउने छन् । दाहाल–नेपाल पक्षले ऐतिहासिक रुपमा चित्रण गरेको आजको विरोध सभामा नेकपाका ठूला नेताहरु कमै मात्रामा बोल्ने छन् ।

हरेक वर्ग र क्षेत्रबाट समेटेर नेकपा दाहाल–नेपाल पक्षले वक्ताको लिस्ट तयार पारेको छ । विरोध सभामा नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले बोल्ने मौका नपाएको भन्दै सामाजिक सञ्जालमा केही टिप्पणी देखिन थालेका छन् ।

ओके जनता डटकमले रावललाई सम्पर्क गर्दा उहाँले सुदूरपश्चिम कमिटी अध्यक्ष भानुभक्त जोशीलाई आफैले बोल्नका निम्ति भनेको बताए । सहमतिमा आजको वक्ताहरुको लिस्ट तयार पारिएको रावलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्