काठमाडौंमा दाहाल–नेपालको ठूलो मास देखिँदै, जुलुस शुरु नहुँदै पूरै सडक जाम


ओकेजनता डेस्क
२८ माघ २०७७, बुधबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)ले काठमाडौंमा आज गर्न लागेको बृहत्त जनसभामा ठूलो जनमास देखिएको छ । उपत्यकाका विभिन्न स्थानबाट देशभरीबाट आएका सर्वसाधारणहरु निस्किरहेका छन् ।

मास बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा चुनौति भएको छ । सबै ट्राफिक प्रहरीहरु सडकमा परिचालन गरिएका छन् । केहीबेर पछि दाहाल–नेपाल पक्षको विरोध र्याली शुरु हुँदैछ ।

आज दिउँसोभरी कार्यक्रम नसकिञ्जेल काठमाडौंमा जाम रहन सक्ने ट्राफिक प्रहरीले जनाएको छ । जामलाई व्यवस्थित पार्न ट्राफिक प्रहरी खटिएको छ । आज दाहाल–नेपाल पक्षले काठमाडौंमा २ लाख मास उतार्ने दाबी गरेको छ ।

विभिन्न जिल्लाबाट स्वःस्फूर्त रुपमा जनसहभागिता बढेको दाहाल–नेपाल पक्षले दाबी गरेको छ । देशका विभिन्न जिल्लाबाट हजारौँको संख्यामा हिजै नेता, कार्यकर्ता काठमाडौं भित्रिएका छन् ।

कतिपय सर्वसाधारण आजै काठमाडौं पुग्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा विवाद बढ्दै गएको छ ।

नेकपाको ग्राफ बढ्दै गएपछि मुलुकमा अस्थीरता सिर्जना भएको छ । कोरोनाको मारमा परेका जनता थप पीडामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्