बादललाई दाहाल–नेपाल पक्षमा फर्किँदा यस्तो फाइदा !


ओकेजनता डेस्क
२८ माघ २०७७, बुधबार

काठमाडौं । नेकपा विभाजित भएर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोडेर प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा उभिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई अहिले नै माउ पार्टीमा फर्किँदा फाइदा भएको दाहाल–नेपाल पक्षका युवाहरुले बताएका छन् ।

ओली पक्षको युवा संघमा टकराव शुरु भएको संकेत पाएपछि दाहाल–नेपाल पक्षका युवा नेताहरुले बादलले अहिले नै फर्किँदा अहिलेकै इज्जत पाउने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै केही युवाहरुले बादलजी अहिलेकै हैसियतमा फर्किन चाहानुहुन्छ भने आउनुहोस् इज्जत गर्छौँ भनेका छन् । अन्तिममा फर्किने इच्छा जाहेर गरेमा अहिलेको हैसियत नपाउने ती युवाको भनाइ छ ।

अहिले ओली पक्षीय युवा संघको बिस्तारमा धाँधली भएको बादल पक्षको आरोप छ । बादल पक्षले युवा संघलाई बहिस्कार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्