काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्न नदिएपछि प्रतिनिधि सभा विघटन गरेको रहस्य बाहिरिएको छ ।
लामो समयदेखी एमसीसी पास गर्ने रणनीतिमा लागेका प्रधानमन्त्री ओलीले सहमती नजुट्ने भएपछी संसद भंग गरेको एक नेकपा (आन्दोलनरत पक्ष)का नेताले बताए ।
नेपालको हीत विपरित रहेको एमसीसीमा केही बुदा परिमार्जन गरेर पास गर्ने नेकपाको बहुमत पक्षको भनाइ रहेपनी प्रधानमन्त्री ओली पेलेरै अगाडि बढ्न खोजेपछी पार्टी विभाजनको संहारमा पुगेको हो ।
पार्टीका कुशल अर्थनीति बुझेका नेताहरुलाई बाइपास गरेर तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडालाई हातमा लिई ओलीले देशमा साम्राज्यवाद भित्र्याउन खोजेको धेरै विश्लेषकको भनाई छ ।