अटुरो इटालियन क्लब इन्टर मिलान जाने


ओकेजनता डेस्क
६ आश्विन २०७७, मंगलवार

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर अटुरो भिडाल इटालियन क्लब इन्टर मिलान जाने भएका छन् ।

इन्टर मिलानमा अनुबन्धनको प्रक्रियाका लागि सोमबारदेखि भिडालको मेडिकल सुरु भएको छ । मेडिकलको प्रक्रिया सकिएसँगै मंगलबारभित्रै सम्झौताले अन्तिम रुप पाउने जनाइएको छ ।

३३ वर्षका चिलेका खेलाडी भिडाल प्रशिक्षक एन्टोनिओ कोन्टेसँग पुनः सँगै हुने भएका हुन् । उनीहरुले युभेन्टसमा रहँदा सँगै तीनपटक सिरी ए को उपाधि जितेका थिए ।

इन्टर मिलानले आउँदो शनिबार फिओरेन्टिनासँगको खेलबाट नयाँ सिजनको सुरुवात गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्