तस्बिर : मोहन चन्द
काठमाडौं । बैतडीकी भागरथी भट्टले बुधबार राति मृत्युवरण गरिन् ।
उनलाई पिपाशुको समूहले बलात्कार गरी हत्या गरेको पुष्टि भएको छ । ती अपराधी अहिले प्रहरीको पञ्जामा पुगेका छैनन् । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी अहिले घटनास्थलमा पुगेका छन् ।
भागरथीको हत्या भएको ६ दिन बितिसकेको छ । उनको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । प्रहरीले ‘क्लोज रिङ’ मार्फत् अप्रेशन गरिरहेको जनाएको छ ।
घटनास्थलमा हरेक निकायका व्यक्तिहरु पुगेका छन् । घटनाको चौतर्फी विरोध भएको छ ।
भागरथीको हत्यामा संलग्नको पहिचान गर्नका निम्ति मोबाइल क्ल्यू बनेको छ ।
मोबाइलमा भारतीय सीमकार्ड प्रयोग भएकोले केही समस्या देखिएको छ । तर, पनि प्रहरीको केन्द्रीय सीआइबीको टोली घटनास्थल पुगिसकेकाले छ । सबै प्रमाण प्रहरीले सुरक्षित राखेकोले घटनामा अनुसन्धानको पाटो सहज बनेको छ ।
घटनास्थलमा भेटिएका तस्बिरहरुमा भेटिएका तथ्य







