प्रधानमन्त्री ओली र निर्वाचन आयोगबीच के–के भयो, सूर्य थापाले भर्खरै खुलाए…


ओकेजनता डेस्क
२७ माघ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउने जनाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आफूहरुले निर्वाचनका लागि पूर्ण रुपमा तयारी गरिरहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले पनि बैशाख १७ र २७ गते हुने निर्वाचनबारे प्रमुख निर्वाचन आयुक्तसँग जानकारी मागेका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पछि दुई चरणमा निर्वाचन गर्ने बताएको छ । पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन हुनेछ ।

निर्वाचन आयोगमा नेकपाको विवादबारे भने केही छलफल नभएको सूर्य थापाले पत्रकारहरुलाई बताए ।

प्रतिक्रिया दिनुहोस्