प्रधानमन्त्री ओलीको आकस्मिक निर्णयले सबै चकित ! निर्वाचन तालिका सार्वजनिक


ओकेजनता डेस्क
२७ माघ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्को निर्णयले आकस्मिक निर्णय गरेको छ ।

बैशाख १७ गते ४० जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय छ । २७ गते ३७ जिल्लामा निर्वाचन हुनेछ । आज बसेको मन्त्रिपरिषद्को निर्णयले बैशाख १७ र २७ गते जसरी पनि निर्वाचन गर्ने बताएको छ ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन तोकेका प्रधानमन्त्री ओलीले आज निर्वाचन गर्ने आकस्मिक निर्णय गरेका छन् ।

यता, नेकपा (दाहाल–नेपाल पक्ष)ले भोलि काठमाडौंमा बृहत्त प्रदर्शन गर्ने तयारी गरेको छ । काठमाडौंमा लाखौँको जनमास उतार्ने उसको तयारी छ ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को निर्णय गर्दै दाहाल–नेपाल पक्षलाई माथ दिइरहेका छन् ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्