बादल र ओलीबीच खटपट : अमिलियो बादलको मन !


ओकेजनता डेस्क
२७ माघ २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र बादल पक्षबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा निषेध गरेर अगाडि बढ्न खोजेको भन्दै बादल पक्ष रिसाएको छ ।

नेकपा विभाजन भएपछि ओलीसँग मिल्न गएका बादलसँग युवा संघमा ५६ जना गएको बुझिएको छ । युवा संघका नेता सबित ढुंगानाका अनुसार ओली पक्षले निषेधित गर्न खोजेपछि भेला बहिस्कार गरिएको हो ।

भेलालाई बादल निकट वीरु तमाङको नेतृत्वमा बहिस्कार गरिएको हो । ३३५ जनाको कमिटीमा ८१ ज्नाले गरेको निर्णय अवैध भएको तामाङको भनाइ छ ।

प्रधानमन्त्री ओलीको तयारी र आकांक्षा मिलेर जाने नभइ पेलेर जाने भएकाले सोच्नुपर्ने बेला आएको तामाङले बताए । ओलीको निर्णयमा बादल पनि रुष्ट बनेका छन् ।

ओलीमा प्रवेश गरेको केही दिनमै बादलको मन अमिलिएको छ ।

प्रतिक्रिया दिनुहोस्