प्रधानमन्त्री ओली खुसुक्क निर्वाचन आयोग जाँदै, यस्तो तयारीसहित !


ओकेजनता डेस्क
२७ माघ २०७७, मंगलवार

काठमाडौं । नेकपा (ओली पक्ष)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) बिहान ११ बजे निर्वाचन कार्यालय जाने भएका छन् ।

नेकपा विभाजन भएपछि पहिलो पटक ओली आयोग जान लागेका हुन् । नेकपाका दुवै पक्षलाई आयोगले माघ १६ गते छलफलका लागि बोलाएको थियो । तर, त्यो दिन प्रधानमन्त्री ओली गएनन् ।

आज भने ओली बिहान ११ बजे आयोगको कार्यालय कान्तिपथ जाने र आफूहरु नै आधिकारिक नेकपाको भएको दाबी गर्ने उनको सचिवालयले जनाएको छ ।

नेकपाका दुवै पक्ष आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि निर्वाचन बैशाख १७ र २७ गते तोकेकी छन् । ओली मध्यावधि गराएरै छोड्ने अडानमा रहेका छन् ।

यता, दाहाल–नेपाल पक्षले ओलीले मध्यावधि नगराउने र आफू सत्तामा टिकिरहने प्रयत्न गरेको बताउँदै आएको छ ।

आज निर्वाचन आयोगमा चुनावको विषयमा पछि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्