रेशम चौधरीलाई रिहाइको तयारी !


ओकेजनता डेस्क
२७ माघ २०७७, मंगलवार

काठमाडौं । नेकपा (ओली पक्ष)का नेता एवम् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रतिनिधि सभा सदस्य रेशम चौधरी रिहा हुनसक्ने संकेत गरेका छन् ।

सोमबार धनगढीमा ओली पक्षले आयोजना गरेको प्रेस संगठनको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले टीकापूर घटनामा चौधरी दोषी हुनै नसक्ने दाबी गरे । चौधरी होइन घटनाको दोषी योजनाकार अरु कुनै छ, भट्टले भने ।

टीकापूरमाको नरसंहारमा एक एसएसपीसहित ९ जनाको ज्यान जानेगरी भएको घटनामा अरु नै दोषी भएको भट्टको दाबी छ ।

अहिले टीकापूर घटनाको दोषी भन्दै रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाइएको छ । उनी अहिले कारागारमा छन् ।

भट्टको बोली

पछिल्लो समय ओली पक्षले आफ्नो जनमत बढाउनका लागि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहदेखि अन्य ससाना कम्युनिष्ट दललाई फकाइरहेको छ । त्यसैको शिलशिला अनुसार मन्त्री भट्टले चौधरी समुदायको बाहुल्यता रहेको कैलालीमा रेशमबारे बोलेको हुनसक्ने बताइएको छ ।

मन्त्री भट्टले चौधरी समुदायमा रेशमको रिहाइ बारे बोल्दा जनमत बढ्ने अपेक्षा पनि गरेका छन् । अहिले रेशम चौधरीलाई के गर्ने भन्नेबारे सरकार स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्