आइपिएल : बैंग्लोरको विजयी सुरुवात


ओकेजनता डेस्क
६ आश्विन २०७७, मंगलवार


काठमाडौं । विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । १३ औँ संस्करणको आइपिएल अन्तर्गत सोमबार राति भएको आफ्नो पहिलो खेलमा बैंग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो ।


विराटको टिमले युजवेन्द्र चहल र नवदीप सैनीको कसिलो बलिङ्गको सहयोगमा हैदराबादमाथि जित निकालेको हो । बैंग्लोरले हैदराबादलाई जितका लागि १६४ रनको लक्ष्य दिएको थियो । हैदराबादले १९ ओभर चार बलमा मात्रै १५३ रन बनाउन सक्यो

बैंग्लोरका लागि चहलले तीन, शिवम दुबे र सैनीले दुई–दुई विकेट लिए । १६ औँ ओभरको दोस्रो बलसम्म हैदराबाद बलियो देखिएको थियो । उसले दुई विकेट गुमाएर १२१ रन बनाएको थियो । त्यसपछि चुकेको उसले बाँकी ८ विकेट गुमाउँदा थप ३२ रन मात्रै जोड्न सक्यो ।

बैंग्लोरले पाँच विकेट गुमाएर १६३ रन बनाउँदा नायक देवदत्त पडिक्कल बने । आइपिएलमा पहिले खेल खेलका उनले ४२ बलमा ८ चौकाको सहयोगमा ५६ रन बनाए । झण्डै सात महिनापछि मैदानमा आएका कप्तान विराट कोहलीले मात्रै १४ रन बनाए।

प्रतिक्रिया दिनुहोस्