प्रधानन्यायाधीश प्रधानमन्त्रीका वकिलसँग रिसाए, अब यस्तो ‘एक्सन’


ओकेजनता डेस्क
२६ माघ २०७७, सोमबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा सोमबारको संवैधानिक इजलासका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरिरहेका अधिवक्तासँग रिसाएका छन् ।

सोमबार समयमा कडाइ गरेका प्रधानन्यायाधीश राणाले समयभन्दा बढी बोल्ने अधिवक्तालाई थर्काए । आफ्नो बाध्यता रहेको भन्दै उनले सबै अधिवक्तालाई क्रमशः बहसका क्रममा रोकेका थिए ।

हिजोमात्रै माघ ३० गतेसम्म बहस सक्न आदेश दिएका प्रधानन्यायाधीश राणाले अब बहस छोट्याउँदै लैजानुपर्ने बताए ।

सोमबार प्रधानमन्त्रीका तर्फबाट अधिवक्ता ईश्वरीप्रसाद भट्टराई, महेश नेपाल, सीपी रेग्मीलगायतले बहस गरेका थिए ।

आगामी बहसमा राणाले कडा एक्सन लिएर बहस टुंग्याउने रणनीति अख्तिायार गरेका छन् । पछिल्लो समय अदालतले प्रतिनिधि सभा विघटनको मुद्धालाई सुक्ष्म ढंगले केलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्