चोरले सुन, नगद र ग्यास उठाएर हिडेको सीसीटिभीमा कैद भएपछि…


ओकेजनता डेस्क
२६ माघ २०७७, सोमबार

काठमाडौं । पछिल्लो समय चोरीका घटनामा बढोत्तरी हुँदै गएको छ । प्रहरी पनि चोरी नियन्त्रण गर्न र चोरलाई समातेर थुन्न सफल हुने गरेको छ । बढ्दो आधुनिकतासँगै प्रविधि भित्रिएका कारण पनि चोर समात्न सहज हुँदै गएको छ ।

एक अनौठो त्यस्तै दृष्य आज झापाको बिर्तामोडमा देखियो । एक भाडावालको कोठाबाट चोरले नगद, सुन र ग्यास उठाएर हिडेको दृष्यलाई सीसीटिभीले कैद गरेको छ । चोरले ती व्यक्तिको कोठामा दुई घण्टा बिताएको सीसीटिभीमा देखिएको फुटेजले बताउँछ ।

बिर्तामोडमा फ्ल्याट भाडामा लिएर बस्दै आएका कुशल खतिवडाको कोठाबाट आज चोरी भएको प्रहरीले जनाएको छ । खतिवडा कोठामा नभएको मौका छोपी त्यो चोर भित्र प्रवेश गरेको थियो । चोरको पहिचान खुलेको छैन । सीसीभिटीमा देखिएपनि प्रहरीले उनको खोजीलाई तीब्र पारेको छ ।

खतिवडाको कोठाबाट नगद २० हजार चोरी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्