माघ २८ नेकपा (दाहाल–नेपाल पक्ष)को भव्य तयारी, लाखौँ बौद्धिक मास उत्रने (भिडियो र दस्तावेजसहित)


ओकेजनता डेस्क
२६ माघ २०७७, सोमबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)ले माघ २८ गते काठमाडौंमा बृहत्त जनसभा गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध भन्दै चौथो चरणको आन्दोलन दाहाल–नेपाल पक्षले गरिरहेको छ । माघ २८ अर्थात् आउँदो बुधबारका लागि दाहाल–नेपाल पक्षले तीब्र तयारी गरेको छ ।

मुुलुकको बौद्धिक जमात आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको दाहाल–नेपाल पक्षले व्यवस्था नै परिवर्तन हुने कदमको कसैले साथ दिन नसक्ने जनाएको छ । प्रधानमन्त्री ओलीको बाटो नै अर्कै तय भएकाले उनले जीवनको अन्तिम चरणमा कलंकको टीका लगाएको यो पक्षको दाबी छ ।

माघ २८ गतेको बृहत्त जनसभाका लागि पार्टीका सचिवालय सदस्य हुँदै स्थायी कमिटी, केन्द्रीय कमिटीलाई जिम्मा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्