प्रचण्डले सन्तान छैनन् मलाई भनेका हुन्, रेशम निर्दोष छन् : मन्त्री भट्ट


ओकेजनता डेस्क
२६ माघ २०७७, सोमबार

काठमाडौं । नेकपा (ओली पक्ष)का नेता एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले टीकापुर घटनामा रेशम चौधरी निर्दोष भएको बताएका छन् ।

ओली पक्षको प्रेस संगठनले कैलालीको धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै टीकापुर घटनामा रेशम चौधरीलाई अनाहक मुछिएको उनले बताए । घटनाका दोषी बाहिर घुमिरहेको हुनसक्ने उनले बताए ।

नेपालमा भएका ठूला–ठूला घटनामा निर्दोष व्यक्ति फसेको र दोषीले उन्मुक्ति पाइरहेको यथार्थ कसैले बिर्सन नहुने उनको तर्क छ । मन्त्री भट्टले नेकपा (दाहाल–नेपाल पक्ष)ले धनगढीमा गरेको जनसभामा प्रचण्ड आफूमाथि पूर्वाग्रही भएर खनिएको आरोप लगाए ।

विगत कसको कस्तो थियो यर्थाथ लुक्दैन, धनगढीमा आएर मेरो आमालाई सम्झिनुभएछ खुसी लाग्यो, उनले भने ।

दलाल भनेर प्रचण्डले आफूमाथि गरेको हमलामा खासै टिप्पणी नभएको मन्त्री भट्टले बताए । सन्तान छैनन् भनेर प्रचण्डले आफूमाथि इंगित गरेको भट्टको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्