स्कुलबाट चारजना साथीसहित निस्किएकी भागरथी कसरी एक्लिइन्…


ओकेजनता डेस्क
२६ माघ २०७७, सोमबार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत हप्ताको बिहीबार मृत भेटिइन् । उनी विद्यालयबाट फर्किरहेका बेला जंगलमा मारिउकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि गरिसकेको छ ।

उनी विद्यालयबाट घर फर्किँदा चारजना साथीसहित निस्किएको प्रहरी अनुसन्धानले पत्ता लागेको छ । तर, आमा घरमा एक्लै भएको भन्दै भागरथी छिटोछिटो घर आएकी थिइन् । तर, उनले आमा भेट्न पाइनन् न त आमालाई सघाउन पाइन् ।

प्रहरीका अनुसार भागरथी हत्यामा एकै जनाको संलग्नता रहेको आशंका गरिएको छ । उनको नजिकैको व्यक्ति हत्यामा संलग्न भएको हुनसक्ने प्रहरी अनुमान छ । परीक्षणका लागि भागरथीको भेजाइनल स्वाब काठमाडौं पठाइसकिएको छ ।

भागरथीको हत्या भएको आज पाँच दिन बितिसक्दा पनि प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन । तर, अभियुक्त नजिक अनुसन्धान पुगिसकेको प्रहरी दाबी छ । प्रहरीले क्लोज रिङमा अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाको छानबिनका लागि सुदूरपीश्चम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी घटनास्थलमा खटिएका छन् । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको अवस्थामा प्रहरीलाई अर्को चुनौति थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्