पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन यी कागजात अनिवार्य


ओकेजनता डेस्क
२६ माघ २०७७, सोमबार

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप आजबाट पत्रकारलाई लगाउन शुरु गरिँदै छ । निजामति कर्मचारी अस्पताल (सीभिल) बाट कोरोनाविरुद्धको खोप लगाइनेछ ।

पत्रकारबाहेक युएन एजेन्सी र अग्रपंत्तिमा रहेका व्यक्तिहरुलाई पनि खोप लगाइँदै छ । खोप लगाउनका निम्ति पत्रकारलाई सूचना विभागको प्रेस पास अनिवार्य गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतले अनुदानमा दिएको खोप पहिलो चरणमा प्रहरी र स्वास्थ्यकर्मीलाई लगाएको थियो ।

आजदेखि पाँच दिनसम्म पत्रकार, दुतावास, कुटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्