यी आयुक्तले नेकपाको विवाद मिलाउँदै छन् !


ओकेजनता डेस्क
२५ माघ २०७७, आईतवार

काठमाडौं । निर्वाचन आयोगले नेकपाको विवाद टुंग्याउन एक जना आयुक्तलाई जिम्मेवारी सुम्पेको छ ।

उक्त जिम्मा निर्वाचनका नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् । भण्डारीले नेकपा (दाहाल–नेपाल पक्ष) ले आयोगलाई बुझाएको १९ पृष्ठ लामो पत्र पढिसकेका छन् ।

आयोगको कानून शाखाले उनलाई सहयोग गरिरहेको छ । माघ २१ ग्ते सपथ लिएका भण्डारीले दल विभाजन सम्बन्धि जिम्मेवारी पाएका हुन् । उनले उक्त जिम्मेवारी निर्वाह गर्न शुरु गरिसकेका छन् ।

अहिले नेकपा दुई धारमा विभाजित भएको छ । ओली पक्ष र दाहाल–नेपाल पक्ष । बैशाखमा मध्यावधि निर्वाचन तोकिएको छ । अब, निर्वाचन आयोगले दल दर्ताको लागि आह्वान गर्ने तयारी समेत गरिरहेको छ ।

आयोगले दल दर्ताका लागि समय दिएपछि नेकपामा पुनः सकस हुने देखिएको छ । नेकपामा ओली पक्ष र दाहाल–नेपाल पक्षले आआफ्नै दाबी गरिरहेका छन् ।

ओलीलाई पार्टी विभाजन गर्न ४० प्रतिशत केन्द्रीय सदस्य संख्या छैन । दाहाल–नेपाल पक्षले आफू नै आधिकारिक नेकपा दाबी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्