भागरथी हत्या प्रकरण : विरोध गर्ने सांसदसहित ७ जना पक्राउ


ओकेजनता डेस्क
२५ माघ २०७७, आईतवार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको रहस्यमय मृत्यु भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । निर्मला पन्त हत्याको हत्यारा फेला नपरेको अवस्थामा भागरथीको पनि रहस्यमय मृत्यु भएको छ ।

भागरथीको मृत्यु बलात्कारपछि भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ । हत्यारालाई छिट्टै सार्वजनिक गर्नुपर्ने भन्दै काठमाडौंको माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चाले विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका क्रममा प्रहरीले उनीहरुमाथि हस्तक्षेप गरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य पियारी थापा लगायत अखिल छैठौँका नेता, कार्यकर्ता रहेका छन् । आफ्ना कार्यकर्ता पक्राउ परेको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विरोध जनाएका छन् ।

सरकारले काम पनि गर्न नसक्ने विरोध पनि सहन गर्न नसक्ने भन्दै केसीले आक्रोश पोखे । केसीले नेता, कार्यकर्तालाई तत्काल रिहा गर्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्