पोर्चुगलको शानदार जित


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

काठमाडौं । पोर्चुगलले युरोपियन नेशन्स लिगमा शानदार शुरुवात प्रर्दशन गरेको छ ।

आइतबार भएको समूह ए थ्रीको खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ ले पराजित गरेको हो । पोर्चुगलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरेको हो । खेलको ४२ औँ मिनेटमा जोआओ क्यानसेलोले गोल गरेर सुरुवाति अग्रता दिलाए ।

यस्तै ५९ औँ मिनेटमा डिओगो जोता, ७१ औँ मिनेटमा जोआओ फेलिक्स र इन्जुरी समयको छैटौँ मिनेटमा आन्द्रे सिल्भाले गोल गरेका हुन् । क्रोएसियाका लागि इन्जुरी समयको दोस्रो मिनेटमा पेट्कोविचले एक गोल फर्काए । रोनाल्डोको अनुपस्थितिमा खेलेका २० वर्षका जोआओ फेलिक्सले राष्ट्रिय टिमका लागि पहिलो गोल गरे ।

नेशन्स लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा फ्रान्सले स्वीडेन, जिब्रालटारले सान मारिनो तथा जर्जियाले इस्टोनियालाई १–० ले पराजित गरेको छ । यस्तै मोन्टेनेग्रोले साइप्रस तथा बेल्जियमले डेनमार्कलाई २–०, लग्जेम्बर्गले अजरबैजान तथा उत्तरी मेसेडोनियाले अर्मेनियालाई २–१ ले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्