मुख्यमन्त्री राईको संकट टर्यो !


ओकेजनता डेस्क
२५ माघ २०७७, आईतवार

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक अझै बस्न सकेको छैन । नेकपा दाहाल–नेपाल पक्ष र ओली पक्षबीच सहमति हुन नसक्दा बैठक बस्न सकेको छैन ।

प्रदेशसभा बस्नुअघि दुवै पक्षका नेताहरु सहमतिका लागि भन्दै बसेको थिए । तर, दुवैले आआफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेन ।

नेकपा दाहाल–नेपाल पक्ष प्रदेशसभा बैठक बसेर मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्न खोजिरहेको छ । ओली पक्ष त्यसलाई फेल गराउने प्रयत्नमा छ ।

आइतबार पनि बैठक बस्न नसकेपछि मुख्यमन्त्री राईको आजको संकट टरेको छ । मुख्यमन्त्री राई कांग्रेसलाई फकाउन लागेका छन् । कांग्रेसको विश्वासको मत लिएर राई मुख्यमन्त्री रहिरहन चाहान्छन् ।

अहिले नेकपामा आएको विभाजनले प्रदेश र स्थानीय तहमा पनि समस्या भएको छ । ठाउँठाउँमा विकासका आयोजना पनि अलपत्र परेका छन् भने भ्रष्ट्राचारले प्रसय पाइरहेको समाचार आउन थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि मुलुकको राजनीतिमा हलचल आएको हो । यतिबेला कांग्रेस पनि मौन समर्थनमा बसेको छ । उसका गतिविध खुलेर आएका छैनन् ।

पार्टीभित्रैको विवादका कारण कांग्रेस समेत थलिएको छ ।

प्रतिक्रिया दिनुहोस्