डिआइजी लागे बैतडी : भगिरथी घटनामा यस्तो रहस्य खुल्यो !


ओकेजनता डेस्क
२५ माघ २०७७, आईतवार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ मा १७ वर्षीया किशोरी भगिरथी भट्टको मृत्युपछि सान्नाटा छाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी १४ वर्षीया बालिका निर्मला पन्तको घटना सम्झाउने क्रूर घटना भएको भन्दै प्रहरीले कडा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले अहिले भगिरथीले बोकेको मोबाइललाई रिकभर गरिरहेको जनाएको छ । आइतबार बिहानै सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी पनि घटनास्थलतिर गएका छन् । बलात्कारपछि हत्याको आशंका गरेको प्रहरीले अभियुक्तलाई खोजिरहेको जनाएको छ ।

यता, भगिरथी मृत्युले स्तब्ध बनेका स्थानीय र उनका आफन्तले शव बुझ्न मानेका छैनन् । प्रहरीले केन्द्रदेखिनै सीआइबीको टोली घटनास्थलमा खटाएको छ । घटनास्थलमा भेटिएको भगिरथीको मोबाइलमा भारतीय नम्बरबाट फोन बढी आएको प्रहरी बताउँछ ।

स्थानीय सनातन धर्म माध्यामिक विद्यालयमा अकाउन्ट विषय लिएर पढ्ने भगिरथी एक्ली हुन् । बुधबार साँझ घर फर्केकी भगिरथी बिहीबार मृत फेला परेकी थिइन् । अबेरसम्म घर नफर्किएपछि उनकी आमा र गाउँलेले खोज्न शुरु गरेका थिए ।

राती भइसकेकाले बुधबार जंगलतिर खोजिएन । बिहीबार विधार्थीले उनको शव देखेर गाउँलेलाई खबर गरेका थिए । यसअघि कञ्चनपुरमा निर्मला पन्तको पनि हत्या भएको थियो । उनको हत्यामा संलग्न व्यक्ति प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले लापरवाही गरेको भन्दै केही प्रहरी निलम्बनमा परेका थिए । अहिले भने उनीहरुको पुनर्वहाली भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्