विवाह गरेको एक महिना नबित्दै मुख्यमन्त्री शेरधन राईलाई संकट…


ओकेजनता डेस्क
२५ माघ २०७७, आईतवार

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । माघ ७ गते बसेको बैठक विवादपछि स्थगित भएको थियो ।

नेकपाका दुई पक्षबीच अहिले विवाद छ । आजको बैठकलाई ओली पक्ष रोक्ने प्रयत्न गरिरहेको छ । बैठक बसेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हटाउने दाहाल–नेपाल पक्षको योजना छ ।

केन्द्रमा विघटित नेकपा अहिले स्थानीय तहसम्म टुक्रिएको छ । प्रदेश १ मा माघ ७ मा प्रदेशसभा बैठक तीन मिनेट बसेर स्थगित भएको थियो ।

मुख्यमन्त्री राईलाई विवाह गर्न दिएर उनिमाथि अविश्वासको प्रस्ताव पारित गर्ने दाहाल–नेपाल पक्षको योजना थियो ।

आज बस्ने बैठकले मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पारित गर्ने तय छ । तर, मुख्यमन्त्री राई बैठकलाई जुनसुकै हालतमा रोक्ने प्रयासमा छन् ।

यसअघि पनि रोकिएको प्रदेश १ को प्रदेशसभा बैठक राख्नुपर्ने माग गर्दै दाहाल–नेपाल पक्षले नाराबाजी गरेका थिए ।

प्रदेश १ मा ओली पक्ष कमजोर देखिएको छ । ओली पक्ष कांग्रेसको मत लिएर सरकार चलाउन चाहान्छ ।

कांग्रेसले पनि प्रदेश १ मा शेरधन राईलाई समर्थन गरेर बागमती प्रदेशमा आफ्नोे मुख्यमन्त्री बनाउने दाउ कुरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्