वैतडीमा बुवाले चलाए छोरीमाथि गोली, घटनास्थलमै मृत्यु


ओकेजनता डेस्क
२५ माघ २०७७, आईतवार

काठमाडौं । वैतडीमा विवाहित छोरीलाई बुवाले गोली प्रहार गरेका छन् । गोली किन चलाएको भन्नेबारे खुलेको छैन ।

स्थानीयका अनुसार बाबुछोरीको मनमुटाव थियो की थिएन भन्नेबारे एकिन भएको छैन ।

वैतडीको पुर्चौडी नगरपालिकामा बुवाले छोरीमाथि गोली चलाएका हुन् । पुर्चौडी नगरपालिका वडा नम्बर १० का धनसिंह महराले २० वर्षीया विवाहित छोरी बेलमति धामीलाई गोली चलाएका हुन् ।

छोरीमाथि गोली प्रहार गरेको पुरघाट प्रहरी चौकीले पुष्टि गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्