ओलीविरुद्ध आक्रामक बन्दै कांग्रेस, आज देशैभर प्रदर्शन


ओकेजनता डेस्क
२४ माघ २०७७, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध देशैभर प्रदर्शन गर्दैछ ।

काठमाडौंलगायत देशभरका ७७ वटौ जिल्लामा कांग्रेस प्रतिगमनको विरोधमा उत्रिएको नेता एनपी साउँदले बताए । ‘बुढो मर्यो भन्दा पनि काल पल्कने डर’ भएकाले प्रतिगमनको विरोध गर्न कांग्रेसले सबैलाई अपिल गरेको छ ।

कांग्रेसले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक कदमलाई संविधानको रक्षक समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी नरोक्नु दुखद भएको जनाएको छ । प्रधानमन्त्रीको निर्णयमा राष्ट्रपतिले सीधै मोहर लगाउनु उचित नहुने कांग्रेसको तर्क छ ।

कांग्रेस अब कडा रुपमा सडकमा प्रस्तुत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्