पोखरामा गोली चल्यो, रगताम्य बिक सीधै प्रहरी कार्यालय


ओकेजनता डेस्क
२४ माघ २०७७, शनिबार

काठमाडौं । पोखरामा गोली चल्दा एकजना घाइते भएका छन् । गोली कसले र किन चलायो भन्नेबारे पुष्टि हुन सकेको छैन ।

शुक्रबार साँझ गोली चलेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ महतगौँडामा अज्ञात समुहले चलाएको गोली लागेर होमबहादुर बिक घाइते भएका छन् ।

प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ । गोली लागेका बिक मोटरसाइकल चलाएर प्रहरी कहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्