पतिको लिंग लामो भन्दै सहन नसकी सम्बन्ध विच्छेद


ओकेजनता डेस्क
२४ माघ २०७७, शनिबार

काठमाडौं । विश्वमा यस्ता घटना हुन्छन् जुन कल्पनाभन्दा बाहिरका । कतिपय घटना यथार्थ तर अपत्यारिला पनि हुन्छन् कतिपय घटना सत्य रहन्छन् । यस्तै घटना नाइजेरियामा भएको छ ।

पहिलो विवाहको सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह गरेकी एक महिलाले आफ्नो पतिसँग सम्बन्ध विच्छेद गरेकी छन् । सम्बन्ध विच्छेदको कारण श्रीमानको लिंग लामो भएको र आफूलाई असह्य पीडा भएको उनको भनाइ छ ।

नाइजेरियास्थित जम्फारा राज्यको इस्लामिक अदालतले विवाहको एक हप्तापछि यस्तो मुद्धा दर्ता भएको जनाएको छ । ती महिलाले पहिलो विवाहको सम्बन्ध विच्छेदपछि आफ्नो रितिरिवाज अनुसार मैजिनरीसँग दोस्रो विवाह गरेकी थिइन् । श्रीमानको घर जानुभन्दा पहिला दुलाहाका आमाबुवालाई घर बोलाउने चलन छ ।

यही अवस्थामा उनीहरु पहिलो पटक सँगै बसेका थिए । त्यतिबेला पनि ती महिलाले असहज महसुश गरेको बताएकी थिइन् । उनले त्यो पीडा आफ्नो आमालाई समेत भनिन् तर, उनकी आमाले बिस्तारै ठिक हुँदै जाने भन्दै ती महिलालाई दबाब दिएकी थिइन् ।

आयशाका अनुसार उनीहरुले सहज ढंगले यौनआनन्द लिने प्रयास पनि गरे तर असहज महसुश भयो । यो घटना जम्फाराको हो ।

जम्फारा नाइजेरियाको राजधानीबाट ५०० मिटर दूरीमा पर्छ । नाइजेरियाको यो पहिलो राज्य हो जहाँ यो घटनामा सम्बन्ध विच्छेदको मान्यता दियो । सामान्यतया पुरुषको लिंगको आकार ५.२ इन्च अर्थात् १३.१२ सेन्टिमिटर हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्