काठमाडौं । किसानका समस्यामा सरकार गम्भीर नभएको भन्दै भारतमा आन्दोलन जारी छ ।
भर्खरै भएको आन्दोलनमा किसानले सडकमा तरकारी फ्याँकेर विरोध पनि गरे । भारतमा अहिले कृषि कानूनविद् किसानले आन्दोलन शुरु गरेका हुन् ।
किसानको उत्पादन सबैले खाने भएपनि उनीहरुले गर्ने खेती प्रणाली, मूल्यमा कुनै समायोजन नहुँदा किसान आन्दोलित छन् ।
त्यसैकोविरुद्ध किसान नेताले आज चक्काजामको घोषणा गरेका हुन् ।
दिल्ली प्रहरीले चक्काजाममा अप्रिय घटना नहोस् भनेर सतकर्ता बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिल्लीमा प्रहरी हाइअलर्टमा राखिएको छ । आवश्यक परे छिमेकी राज्यबाट प्रहरीको जत्था खटाइने छ ।
किसानको आन्दोलनका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कुनै प्रतिक्रिया छैन ।
किसानले भने आफ्नो मागमा सरकारले ध्यान नदिए सशक्त आन्दोलन गर्ने जनाएका छन् ।