‘प्रचण्ड’ थुन्छु भन्ने बित्तिकै डा. भीम रावलको सनसनीपूर्ण खुलासा


ओकेजनता डेस्क
२३ माघ २०७७, शुक्रबार

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखानामा थुनिन्छ भनेपछि नेकपा (दाहाल–नेपाल पक्ष)का नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली झन निरंकुश हुँदै गएको बताएका छन् ।

गृहमन्त्रीको मन्तव्यपछि एक ट्विट गर्दै डा. रावलले प्रधानमन्त्री ओली पंचायत भन्दा माथि उठेर क्रुर बन्दै गएको टिप्पणी गरेका छन् । आफ्नो विरुद्धमा आन्दोलन गर्नेहरुलाई थुन्छु भनेर धम्की दिनु लोकतन्त्रको उपहास भएको रावलको भनाइ छ ।

प्रतिनिधि सभा विघटन गरेर व्यवस्थामा संकट ल्याउन खोज्नेलाई निश्चित समयमा आएर जनताले फ्याँक्ने रावलको तर्क छ । निरंकुश तन्त्र ढलेरै जाने रावलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्