गृहमन्त्री बादलले भने, ‘प्रचण्डलाई थुन्छु’


ओकेजनता डेस्क
२३ माघ २०७७, शुक्रबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिडियाखनामा लगेर थुन्ने ओली पक्षका एक नेताले बताएका छन् ।

ओली पक्षका नेता एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्डले मांसाहारी आन्दोलनको धम्की दिए थुन्ने बताएका हुन् । प्रचण्डलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने बादलको चेतावनी छ ।

केही समयअघि शाकाहारी आन्दोलनले नभएको बताएका प्रचण्डमाथि गृहमन्त्री बादल पहिलो पटक क्रुर बनेका छन् । बादलको गर्जन सुनेर कार्यक्रममा तालीको गड्गडाहट भएको थियो ।

ओली पक्षले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी अगाडि जनसभा गरिरहेको छ । बादलको यो चुनौतिमाथि प्रचण्डले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।

मांसाहारी आन्दोलन नेपालको प्रचलित कानूनमा अपराध भएको बादलको भनाइ छ । जसले यस्तो गर्ने कुचेष्टा गर्छ त्यो थुनिन्छ ।

प्रतिक्रिया दिनुहोस्