आगनबाट खेल्दाखेल्दै हराएको २ वर्षे बालक भारतमा भेटिए, सल्यूट ! नेपाल प्रहरी


ओकेजनता डेस्क
२३ माघ २०७७, शुक्रबार

काठमाडौं । आफ्नै आगनबाट हराएका दुई वर्षे बालक भारतबाट फेला परेपछि परिवारमा खुसी छाएको छ ।

सिरहाबाट हराएको चौबिस घण्टाभित्र बालक भारतको बिहारस्थित मधुवनी जिल्लामा फेला परेका हुन् । उनी मधुवनीको एक सार्वजनिक स्थानमा अलपत्र अवस्थामा फेला परेका थिए ।

बालक आगनमा खेलिरहेका बेला आगनबाटै हराएको प्रहरीले जनाएको छ । ती बालकलाई कसले र किन लग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तराईका जिल्लामा यस्ता घटना पछिल्लो समय बढ्दै गएका छन् । हत्या, हिंसा, बलात्कारका घटना पनि प्रदेश २ मा अन्य ठाउँको तुलनामा बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्