दाहाल–नेपाल पक्षको नयाँ रणनीति


ओकेजनता डेस्क
२३ माघ २०७७, शुक्रबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष) यतिबेला सर्वोच्च अदालतको निर्णय पर्खिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरिसकेपछि आक्रामक बनेको दाहाल–नेपाल पक्षले अहिले सडक प्रदर्शन गरिरहेको छ ।

यतिबेला नेकपाका दुवै पक्ष आआफ्नै अडानमा छन् । एकले अर्कोलाई दोषारोपण गर्ने, आफू सक्कली नेकपा भएको दाबी गर्ने, मनभरी भएका कुण्ठा ओकल्ने क्रम चलिरहेको छ । बिहीबार दाहाल–नेपाल पक्षले देशव्यापी आमहड्तालको घोषण गर्यो ।

आमहड्तालको देशभर प्रभाव रह्यो । कहीँ झडप, कहीँ आगजनी भए । विभिन्न ठाउँमा तोडफोड समेत भयो । यसरी नेकपाको विवाद निकै पेचिलो बन्दै गएको छ ।

नेकपा (दाहाल–नेपाल पक्ष)ले आगामी दिनमा आन्दोलनलाई सशक्त तुल्याउने जनाएको छ । सरकारमा जानुभन्दा पनि व्यवस्था धरापमा पर्ने खतरा बढेका बेला दाहाल–नेपाल पक्षले नयाँ शिरामा आन्दोलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्