ओली पक्षको जनसभा आज, खानपिनको व्यवस्थासहित तीनलाख उतार्ने दाबी !


ओकेजनता डेस्क
२३ माघ २०७७, शुक्रबार

काठमाडौं । आज ओली पक्षले काठमाडौंमा जनसभा गर्दैछ । जनसभाको पूर्वसन्ध्यामा बिहीबार ओली पक्षका केन्द्रीय सदस्य महेश बस्नेतको नेतृत्वमा मार्चपास गरिएको थियो ।

ओली पक्षको जनसभामा सहभागिता जनाउन देशभरीबाट नेता, कार्यकर्ता, सर्वसाधारण काठमाडौं भित्रिएका छन् । बिहीबार मार्चपासका क्रममा नेता बस्नेतले शुक्रबारको जनसभामा ती लाख कार्यकर्ता उतार्ने दाबी गरेका थिए ।

आज काठमाडौंस्थित नारायणहिटी अगाडि जनसभा हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नारायणहिटी अगाडि सभा हुँदैछ । ओलीले आजै हिन्दुराष्ट्र घोषणा गर्ने तयारी गरेको स्रोत बताउँछ ।

तर, ओली पक्षले यसको आधिकारिक पुष्टि गरेको छैन । धेरैको बुझाइमा जनमास उतार्नका लागि ओलीले यो तिगडम अपनाएको हुनसक्ने भन्ने छ । प्रधानमन्त्री ओलीको यो रफ्तार अनुसार उनले हिन्दुराष्ट्र घोषणा नगर्लान भन्न सकिदैन, एक नेकपा नेताले भने ।

मौखिक रुपमा घोषणा गर्न गाह्रो छैन तर, संविधान संशोधन गर्दा जटिलता निम्तिन सक्छ, ती नेताले भने ।

प्रधानमन्त्री ओलीले आजको जनसभामा जनमास बटुल्न नेताहरुलाई ह्वीप जारी गरेका छन् । आजको ओली पक्षको जनसहभागितामा राप्रपा लगायतका दलका कार्यकर्ताको पनि उपस्थिति रहने स्रोत बताउँछ ।

हिन्दुराष्ट्रको माग गर्दै आन्दोलनरत दलहरु आजको सभामा देखिनेछन् । जनसभामा सहभागी हुन आउनेहरुलाई ओेली पक्षले खानपिनको समेत व्यवस्था गरेको छ । तराई जिल्लाहरुबाट बिहीबारै धेरै नेताकार्यकर्ता काठमाडौं ओर्लिएका छन् ।

आज बिहानसम्म पनि कार्यकर्ता आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्