सिस्टममा आउनुहोस् स्वागत छ : प्रधानमन्त्री ओली


ओकेजनता डेस्क
२२ माघ २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रणालीमा बसेर राजनीति गर्न दाहाल–नेपाल पक्षलाई सुझाएका छन् ।

देश बन्द गरेर मुलुकलाई अस्थिरता तर्फ धकेल्न खोजेको भन्दै ओलीले शान्तिपूर्ण आन्दोलनमा लाग्न दाहाल–नेपाल पक्षलाई आग्रह गरे । देश बन्द गरेर समस्याको समाधान नहुने भन्दै ओलीले सिस्टममा बस्न आग्रह गरे ।

ओलीले भने, ‘तरकारी फ्याँकेर, ट्याक्सी जलाएर जनतालाई अशान्ती फैलाएर विकास हुँदैन । राजनीतिक प्रणाली र संस्कारमा बस्नुहोस् ।’

प्रधानमन्त्री ओलीले आगामी बैशाख १७ र २७ को निर्वाचनमा आउन र पार्टी विवादलाई नबल्झाउन दाहाल–नेपाल पक्षलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्