ओली आतंकले उनको पतन निश्चित छ : भट्टराई


ओकेजनता डेस्क
२२ माघ २०७७, बिहीबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)का नेता पूर्वमन्त्री योगेश भट्टराईले प्रधानन्त्री केपी शर्मा ओलीको पतन निश्चित भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै भट्टराईले सत्ताको उन्मादमा मंडलेतन्त्र कायम गर्न खोज्ने ओलीको पतन निश्चित भएको बताए । आफूले गलत रवैया गर्नेको पतन सुनेको मात्र नभइ देखेको पनि भट्टराईले बताए ।

उनले भनेका छन्, ‘सत्ताको आडमा मंडलेतन्त्रको उदय, उन्माद र स्वेत आतंक अनि पतन सुनेको मात्र होईन देखेको र भोगेको पनि हो ! ढिलो वा चांडो मार्ग त्यही हो ।’

प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध भन्दै नेकपा (दाहाल–नेपाल पक्ष) आन्दोलनमा होमिएको छ । बिहीबार मात्रै यो पक्षले आमहड्तालको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्