फाइल तस्बिर काठमाडौं । धनुषाको जनकपुरधाममा प्रहरी र नेकपा (दाहाल–नेपाल पक्ष)का कार्यकर्ताबीच झडप भएको छ ।
प्रहरीले भिडलाई नियन्त्रणमा लिन १० राउण्ड हवाइ फायर र दर्जनौँ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी नेकपा (दाहाल–नेपाल पक्ष)का केन्द्रीय सदस्य रामचन्द्र झा गम्भीर घाइते भएका छन् ।
प्रहरीले आन्दोलनमा संलग्न नेता, कार्यकर्ताहरुलाई पनि नियन्त्रणमा लिएको छ । अहिले झडप भने साम्य भएको बताइएको छ ।
झडपमा अन्य ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेहरुको जनकपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।