ओलीले २३ गते पञ्चर्याली गर्दैछन् : प्रचण्ड


ओकेजनता डेस्क
२२ माघ २०७७, बिहीबार

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मण्डलेवादको अन्त्यका निम्ति आमहड्ताल गर्नुपरेको बताएका छन् । दाहाल–नेपाल पक्षले गरेको बन्दका क्रममा सडकमा निस्किएका प्रचण्डले आफूहरुको बाध्यकारी अवस्थालाई जनताले सहजै स्वीकार्ने बताए ।

व्यवस्था नै धरापमा पर्ने खतरा बढेकोले सडकमा निस्कनु परेको प्रचण्डको दाबी छ । यो आमहड्ताल रहर नभइ बाध्यता रहेको उनको तर्क छ ।

आफूहरुले गरेको आमहड्ताललाई दबाउन ठूलो मात्रामा प्रहरी परिचालन गरी सरकारले दमनको नीति लिएको उनको तर्क छ । संविधान मिचेर प्रधानमन्त्री ओलीले दिउँसै रात पार्न खोजेको प्रचण्डले बताए ।

माघ २३ गते प्रधानमन्त्री ओलीले पञ्चर्याली गर्न लागेको भन्दै प्रचण्डले यसको विरोधमा उत्रिन सबैलाई आग्रह गरे । ओली पक्षले २३ गते काठमाडौंमा बृहत्त आमसभा गर्दैछ ।

ओली पक्षका नेता कार्यकर्ताले आजै काठमाडौंमा मार्च पास पनि गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्