सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट काठमाडौंको सडकमा


ओकेजनता डेस्क
२२ माघ २०७७, बिहीबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट काठमाडौंको सातदोबाटोस्थित सडकमा निस्किएका छन् । दाहाल–नेपाल पक्षले आयोजना गरेको आमहड्तालमा उनी पनि सहभागी भएका छन् ।

मुख्यमन्त्रीसँगै नेकपा (दाहाल–नेपाल पक्ष)का स्थायी कमिटी सदस्य देव गुरुङपनि तस्बिरमा देखिएका छन् । मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिव शीव ओलीले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट्याएको तस्बिरमा नेकपाका शीर्ष नेताहरु सडकमा देखिएका छन् ।

आज दाहाल–नेपाल पक्षले आमहड्तालको घोषणा गरेको थियो । काठमाडौंमा आमहड्तालको असर देखिएको छ । हड्ताललाई अवज्ञा गर्नेलाई नेकपाका कार्यकर्ताले सम्झाइबुझाइ पठाउने गरिरहेका छन् ।

यता, गृहमन्त्रालयले पसल व्यवसााय निर्धक्क चलाउन आग्रह गरेको छ । प्रहरीले पनि नेकपाका सयौँ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । अराजक गतिविधिमा संलग्न भएको भेटिएका कसैलाई नछाडिने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्