काठमाडौंमा ट्याक्सी जलाइयो, ३० पक्राउ स्थिति तनावग्रस्त


ओकेजनता डेस्क
२२ माघ २०७७, बिहीबार

काठमाडौं । बिहीबार बिहानै काठमाडौंमा नेकपा (दाहाल–नेपाल पक्ष)का कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका छन् ।

आमहड्तालको अवज्ञा गरेको भन्दै ट्याक्सीमा आगजनी गरिएको दाहाल–नेपाल पक्षका कार्यकर्ताको भनाइ छ ।

प्रहरीले आगजनीमा संलग्न ३० भन्दा बढी कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । आज दाहाल–नेपाल पक्षको देशभरी आमहड्ताल छ ।

हड्ताल उलंघन गर्ने कसैलाई पनि नछोडिने नेकपा कार्यकर्ताको भनाइ छ । बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

यातायातका साधन चलेका छैनन् । लामो दूरीका साधन नचल्दा जनताले दुःख पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्