सडकमा चाहिने भन्दा बढी प्रहरी परिचालन, आमहड्ताल कमजोर पार्ने प्रयास


ओकेजनता डेस्क
२२ माघ २०७७, बिहीबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)को आमहड्ताललाई अवरोध गर्नका लागि सरकारले हजारौँ मात्राामा सुरक्षादस्ता परिचालन गरेको छ । प्रहरीले अराजक गतिविधि गर्ने, दुःख दिनेहरु जो कोही भएपनि नियन्त्रणमा लिएर कारबाही गर्ने जनाएको छ ।

प्रहरी प्रवक्ता बसन्तबहादुर कुवँरले सवारी साधन र व्यवसाय निर्धक्क सञ्चालन गर्न गृह मन्त्रालयले आदेश दिएको भन्दै प्रहरीले नागरिकको सुरक्षा गर्ने बताए । नागरिकको इच्छाविपरित गतिविधि गरेको पाइएमा कारबाहीको दायरामा ल्याउने प्रहरीको भनाइ छ ।

काठमाडौं उपत्यका लगायत देशैभर ठूलो मात्रामा प्रहरी परिचालन भएका छन् । आजको आमहड्ताललाई सफल पार्न नेकपा (दाहाल–नेपाल पक्ष)ले सर्वसाधारणमा अपिल गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै नेकपा दाहाल–नेपाल पक्षले ओलीको प्रतिगामी कदम र प्रतिनिधि सभा विघटनविरुद्ध सबै एक हुन भनेको छ ।

प्रतिनिधि सभा विघटनका विरुद्ध सिंगो जनमास एक भएको र ओलीको कू केही समयपछि धमिलिएर जाने दाहाल–नेपाल पक्षको दाबी छ ।

अहिले आन्दोलनमा हस्तक्षेप गर्ने प्रहरीलाई समेत निगरानीमा राख्ने दाहाल–नेपाल पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्