बिहानैदेखि प्रहरी र नेकपा कार्यकर्ताबीच झडप, स्थिति तनावग्रस्त हुने संकेत


ओकेजनता डेस्क
२२ माघ २०७७, बिहीबार

काठमाडौं । आज नेकपा (दाहाल–नेपाल पक्ष)को आमहड्ताल । सडकमा कमै मात्रामा सवारी सञ्चालन भएका छन् ।

बिहानैदेखि काठमाडौंका सडकमा प्रहरी परिचालन गरिएको छ । नेकपा (दाहाल–नेपाल पक्ष)का कार्यकर्ताहरु पनि बिहानैदेखि सडकमा उत्रिएका छन् ।

गृहमन्त्रालयले पसल, व्यवसाय सञ्चालन गर्न भनेको छ । तर, नेकपा दाहाल–नेपाल पक्षका कार्यकर्ताले आमहड्ताललाई सफल बनाउन सबैमा आग्रह गरेको छ ।

सरकारले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरी हड्ताललाई बिथोल्ने प्रयास गरिरहेको छ । आज दिउँसोभरीमा अवस्था तनावग्रस्त हुने देखिएको छ ।

माघ २३ गते अर्थात् भोलि केपी शर्मा ओली पक्षको काठमाडौंमा बृहत्त प्रदर्शन र विरोधसभा छ । यसैलाई असर गर्नका लागि दाहाल–नेपाल पक्षले बन्द गरेको ओली पक्षको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्