संवैधानिक नियुक्ति खारेज गर्न भन्दै सर्वोच्चमा रिट


ओकेजनता डेस्क
२१ माघ २०७७, बुधबार

काठमाडौं । संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीहरुलाई कामकाज गर्न नदिन सर्वोच्च अदालतमा रिट दायर भएको छ । अवैधानिक रुपमा बल प्रयोग गरी नियुक्ति गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर बहुमतका आधारमा संवैधानिक निकायमा नियुक्ति गर्न पाउने गरी यसअघि विधान संशोधन गरेका थिए ।

आज मात्रै राष्ट्रपति भवन शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरा ३२ जना पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

अहिलेको अवस्थामा संवैधानिक नियुक्ति गर्न नसकिने भन्दै चौतर्फी विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्