कायर मानसिकतामा आमहड्ताल : ऐन महर


ओकेजनता डेस्क
२१ माघ २०७७, बुधबार

काठमाडौं । नेकपा (ओली पक्ष) नेता ऐन महरले आफूहरुले माघ २३ गते गर्न लागेको बृहत्त आमसभालाई अवरोध गर्न दाहाल–नेपाल पक्षले बन्दको आयोजना गरेको आरोप लगाएका छन् ।

ऐतिहासिक आमसभादेखि डराएर सो पक्षले बन्दको आयोजना गर्नु गलत भएको उनको जिकीर छ । माघ २२ गतेको आमहड्ताललाई महरले अराजक भन्दै टिप्पणी गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘नेकपाको आयोजनामा माघ २३ गते सम्पन्न हुने ऐतिहासिक जनसभा र त्यसमा सहभागी हुने जनतालाई अवरोध गर्ने उद्देश्यले भोलि माघ २२ गते आमहडताल भनी मार्चण्ड गुटले गरेको घोषणाको म घोर भत्सर्ना गर्दछु । कायर, अराजक, अवसरवादि, दलाल र गद्धारहरु जनता संग त्रसित हुन्छन । आज मार्चण्ड गुट पनि जनताबाट नांगिसके पछि जनतालाई तर्साउने र अवरोध गर्ने हर्कत गरिरहेको छ । हिम्मत भए जनताका माझ आउन म मार्चण्ड गुटलाई चुनौती दिन चाहन्छु। २३ गतेको जनसभामा सहभागी हुन आउनुभएका जनतालाई यदि कुनै पनि ठाउँमा अवरोध गरिए अनेरास्ववियूले त्यसको ठाउँको ठाउँ प्रतिवाद गरिने जानकारी गराउन चाहन्छु। त्यसैले जनसभामा ढुक्कका साथ सहभागी हुन सम्पुर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछु। साथै देशै भरिका अनेरास्ववियूका सम्पुर्ण कार्यकर्ता साथिहरुलाई आ आफ्नो जिल्लामा काठमाडौको जनसभामा आउनुहुने जनताको सुरक्षार्थ खटिन निर्देशन गर्दछु।’

प्रतिक्रिया दिनुहोस्