काठमाडौं । नेपाल प्रहरीले आमहड्तालका नाममा अराजग गतिविधिमा संलग्नलाई कारबाही गर्ने जनाएको छ ।
मानिसलाई जबरजस्ती दुःख दिने, पसल बन्द गर्ने, सवारी साधन रोक्नेलाई कारबाही गर्ने प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुवँरले बताए ।
नेकपा (दाहाल–नेपाल पक्ष)ले बिहीबार देशैभर आमहड्तालको घोषणा गरेको छ । यो अवधिमा स्वास्थ्य सेवा, एम्बुलेन्स, खाद्यान्न, विद्यालयको परीक्षा भने सञ्चालन हुनेछन् ।
दाहाल–नेपाल पक्षले गरेको बन्दका कारण यातायातका साधन सञ्चालनमा नआउने भएपछि परीक्षा दिने विद्यार्थीलाई भने समस्या हुने छ ।