भोलि मुडभेटको संकेत, अख्तियारका आयुक्त राईलाई ओलीको गोप्य निर्देशन !


ओकेजनता डेस्क
२१ माघ २०७७, बुधबार

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा रहेको नेकपा (दाहाल–नेपाल पक्ष)ले बिहीबार आमहड्तालको घोषणा गरेसँगै मुडभेटको संकेत देखा परेको छ ।

आमहड्तालमा यातायातका साधनदेखि आवातजावतमा समस्या हुने गर्दछ । सरकारले जबरजस्ती गरेमा मुडभेट हुने खतरा हुनेछ । यता दाहाल–नेपाल पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ ।

ओली पक्षले काठमाडौंमा माघ २३ गते सभा गर्दैछ । यता, दाहाल–नेपाल पक्षले आमहड्तालको घोषणा गरेको छ । यसले मुलुकमा संकट निम्तिने संकेत गरेको छ ।

प्रधानमन्त्री ओली एकपछि अर्को कदमलाई जोडका साथ अघि बढाइरहेका छन् । अस्ति भर्खरै ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरे भने आज मात्रै संवैधानिक निकायमा नियुक्ति गरेका छन् ।

कामचलाउ सरकारले निर्वाचन घोषणा भइसकेपछि यी कदम गर्न नमिल्ने भएपनि जबरजस्ती गरिरहेको दाहाल–नेपाल पक्षको तर्क छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेमकुमार राईलाई नियुक्त गरेका ओलीले आजैबाट उनलाई काम थाल्न भनेका छन् ।

यसरी हेर्दा ओलीको कदमले धेरैलाई खतरा हुँदै गएको जानकारहरुको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्