भोलि नेकपाको आमहड्ताल, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?


ओकेजनता डेस्क
२१ माघ २०७७, बुधबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)ले बिहीबारदेखि आन्दोलनका कार्यक्रम सशक्त रुपमा अगाडि बढाउने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल पक्षले बिहीबार आमहड्ताल गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कू का विरुद्ध भन्दै दाहाल–नेपाल पक्षले आमहड्ताल गर्ने घोषणा गरेको हो ।

आज आकस्मिक बैठक बसेर दाहा–नेपाल पक्षले हड्तालको घोषणा गरेको हो । आमहड्तालमा मुलुकको अवस्था गम्भीर हुनेछ । ओलीले आफ्नो कदमलाई दिनप्रतिदिन बढाउँदै लगेपछि दाहाल–नेपाल पक्ष क्रूर बनेको हो ।

आजै मात्र प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा नियुक्त गरेका पदाधिकारीको सपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले नवनियुक्त पदाधिकारीहरुलाई सपथ गराएका छन् ।

उनीहरुले आजै पदभार ग्रहण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्